भरतपुर अस्पतालका मेसु डा.तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

चितवन ३२, साउन ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा. तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आज आइतवार विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा. अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ । अस्प्तालका अध्यक्ष डा. अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech