डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

चितवन ३२, साउन।
चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् ।

यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।

त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् । भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech