आजको कोराना अपडेटः मृत्यु संख्या १०२ पुग्यो, थपिए ४६८, पीसीआर टेष्ट ५ लाख नाघ्यो

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

काठमाडौं ३१ साउन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एकरएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १७ हजार २०१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech