बाँकेमा आज थपिए १० संक्रमित

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

नेपालगन्ज ३१, साउन ।
बाँकेमा शनिवार थप १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठलाई उध्रृत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुुसार पछिल्लो २४ घण्टामा चारसय ७० नमूना परीक्षणमा बाँकेका १० जना थपिएका हुन् ।

योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय ६ पुगेको छ । संक्रमित मध्ये ४ सय ३५ जना उपचारपछि घर फर्किसकेकका छन् । दुई महिलासहित तीनजनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech