लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्का संक्रमितको पनि मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

बुटवल ३१, साउन ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार, शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए।

उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो। डा. गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech