कोरोना अपडेटः वीरगञ्जमा थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

वीरगञ्ज ३१, साउन ।

वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । जस मध्ये पर्साका १९, बाराका ५,रौतहटका एक र परिचय खुल्न नसकेका एक जना रहेका छन्।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो।

कोरोना संक्रमण पुष्टि भइ अस्थायी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राती करिब ८ बजे मृत्यु भएको सिंहले बताउनुभयो ।

प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ गत साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech