बाँकेमा आज जोर अंकका गाडी चलाउन पाउने की विजोर ?

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

नेपालगन्ज ३१, साउन ।
स्थानीय प्रशासनले बाँकेमा जारी निषेधाज्ञा शुक्रबार रातीबाट हटाइएको छ । निषेधाज्ञा हटेपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

प्रशासनले आज शनिवारदेखि यातायातमा जोरविजोर प्रर्णाली लागु गरेको छ । अन्तिममा ०, २, ४, ६ र ८ अंक बाहेकका निजी सवारीसाधन मात्र आज चलाउन मिल्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । निषेधाज्ञा हटाइएपनि कोरोनाको जोखिम कायमै रहेकाले सर्वसाधरणहरुलाई इमान्दार र जिम्मेवार बनिदिन उहाँको आग्रह छ ।

अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन र अनावश्यक भिडभाड नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘हामी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छौं । सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग र स्वास्थ्य सम्बन्धि सावधानी अपनाएर कोरोनाबाट बच्न र बचाउँन सकिन्छ । यो हामी सबैको जिम्मेवारी र दायित्व हो ।’ कोरोना भाइरसको जोखिम बढेसँगै बाँकेमा स्थानीय प्रशासनले साउन १७ गते रातीदेखि निषेधाज्ञा जारी गरेको थियो ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech