संक्रमितसँगकाे एक संवाद: म ‘चित्त मन्त्र’ को कुरा सुनाउँछु है !

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७७, शुक्रबार

वसन्त कुमार उपाध्याय- 
म: हेल्लो !! …..(नाम) कस्तो छ स्वास्थ्य ?

संक्रमित मित्र : लक्षण खासै केही छैन, के भनुँ ? तर म ढुक्क छु सन्चो भएर फर्किन्छु ।

म: केही कुरा सुनाउँ ? झर्को नलाग्दा सम्म मात्रै सुन्नु है, चित्त नबुझे कुरालाई विराम दिउँला नि !!  म चित्त मन्त्र को कुरा सुनाउँछु है ।

संक्रमित मित्र: हुन्छ, हुन्छ यार, यहाँ समय विताउनै त छ !

म : विलिम्स जेम्सको नाम सुन्या छ ?  सुन्या छ कहिले ?

संक्रमित मित्र: छैन, छैन यार !! बाउले होस सम्हालेपछी पसलमा बस्न  सिकाए ।

म: अहिले जेम्सले लेखेको कुरा झनै प्रमणित हुँदै आयो । जुन धेरै वर्ष पहिले पढेको थिएँ । १९ औं शताब्दीको सबै भन्दा ठूलो खोज भनेको अवचेतन मनको विश्वास नै हो । जेम्सलाई अमेरीकन मनोविज्ञानको पीता पनि मानिन्छ ।

संक्रमित मित्र: कुरो के हो, खासमा ?

म: सुन्दै जाउ न, कार्ल लेन्जको सिद्धान्तसँगैै जेम्सले भावनालाई अवचेतन मनको धारणाको रुपमा ब्याख्या गरेका हुन । ‘कार्ल जेम्स लेन्ज थ्योरी अफ इमोसन’ एउटा चर्चित ब्याख्या हो, है ।

म यो कुरा किन गरिरहेको छु भने, हामी दैनिक जीवनमा जुन कुरा पटक पटक दोहोर्‍याउँछौं नि ! त्यसले जीवनमा प्रभाव पार्न शुरु गर्छ, क्या !

पछिल्लो समय संसार कोभिड–१९ को महामारीबाट गुज्रिरहेको बेला रुसले कोभिड–१९ विरुद्धको खोप बनाएको खबरहरु पनि आइरहेका छन्, यो समाचार सुन्या छौ नि !? तर उपलब्धता र विश्वसनियतामा अँझै ठूलो खाडल छ । हाम्रो जस्तो देशमा कहिले पो आउला र !

कोभिड–१९ संक्रमित मित्रसँगको यो अन्तरंग सम्वादलाई मैले मानिसको मनोविज्ञान, अभ्यास र विश्वासको कुरा स्पष्ट पार्न मात्रै प्रस्तुत गरेको हुँ । उपचारको औषधी वा भ्याक्सिन नआउँदासम्म ‘चित्त मन्त्र’ लाई पनि आत्मसाथ गरौं भन्ने धारणालाई मेरो समर्थन गर्नु पनि यो संवादको मूल मर्म  हो ।

संक्रमित मित्र : हो यार, हामीले त पाउने कुरै छैन ।

 म: कोभिड १९ का संक्रमितहरुलाई स्वस्थ बनाउने ठ्याक्कै न कुनै विधि भेटिएको छ, न त कुनै औषधि नै ! यति त मनमा छ नि ?  संक्रमित ब्यक्तिहरुको स्वास्थ अवस्थालाई हेर्दै उस्को सहज दैनिकीका लागि आइसोलेशनमा राख्नु बाहेकको केही अरु उपाय प्राय छैनन् । हुन त प्लाजमा प्रत्यारोपण पनि प्रयोगमा रहेको विषय हो । संक्रमित ब्यक्तिको शारिरिक अवस्थालाई हेरेर उसलाई सहज बनाउन विभिन्न विधि  अपनाइन्छ । त्यहाँ केही गाह्रो महशुस त भएको छैन नी !?

संक्रमित मित्र: त्यस्तो खासै केही महशुस छैन अहिले सम्म त ।

म: कति दिन भयो रे ? आइशोलेशनमा बसेको ?

संक्रमित मित्र: ५ दिन पुग्यो  है । रात र दिन एउटै लाग्छ यार !

म: मूल रुपमा औषधी नबनेको यो अवस्थामा भाइरसबाट संक्रमितहरुलाई निको बनाउन ‘म स्वस्थ छु र निको हुँदैछु’ भन्ने आत्म विश्वास बढाउनु नै  प्रभावकारी उपाय हो भन्छन नि !

संक्रमित मित्र: हो यार, यो कुरा चैं सहि भन्यौ ।

म: एउटा अर्को गजवको कुरा सुनाउँ ?

संक्रमित मित्र:  हुन्छ यार, थप्दै जाउन यहाँ समय काटाउन नै त छ….काम छैन  ।

म : ल सुन है, फ्रान्समा इमाइल काव (२६ फेब्रुअरी सन् १८५७–२ जुलाई १९२६) एक सुप्रसिद्ध साइकोलोजिष्ट थिए । उनी आँफैमा एक फर्मासिष्ट पनि थिए । यीनले लाखौं विरामीलाई ‘म स्वस्थ छु र निको हुँदैछु’ भन्ने एक मात्र मन्त्रले सन्चो बनाएका थिए रे है !

संक्रमित मित्र:  हो र भन्या ? कुरो मुनासिव त लाग्यो है ।

म: अब रह्यो कुरा ‘चित्त मन्त्र’ भन्नाले कस्तो ?

वास्तवमा मन्त्रको अर्थ सामान्य रुपमा बुझ्दा यो एक किसिमको शक्ति हो ।

आधुनिक मनोविज्ञानले भन्छ कि जुन विचारलाई जीवनमा पटक पटक दोहोर्‍याइन्छ नि ! त्यो विचार शक्ति बन्छ । ब्यक्ति हामी जो सुकै हौं, विचारले प्रभुत्व जमाउँदै जान्छ नि ! हाम्रो मनमा । विचारलाई वस्तुमा रुपान्तरण गर्ने यो एउटा गजवको तरिका हो । मनमा कुनै पनि विचार पटक पटक पुर्नयुक्त गर्दा त्यो हाम्रो आचरण नै बन्न जान्छ क्या !

तिमीले ओशो भन्ने नाम सुनेका त छौ नि ?

संक्रमित मित्र:  हो सुन्या त छु, त्यो एउटा बाबाजीको माला लगाएर हिंड्नेहरु कुरा हैन त ?

म: हो, हो ।  बाबा त धेरै छन है । तर मैले ओशोले भनेको कुरा सुनाउँछु है । ओशोले भनेका छन् कि ‘वास्तवमा जुनसुकै खालको रोगका विरामीहरु किन नहोउन, ति विरामी माथि औषधीले काम गर्ने भनेको १० प्रतिशत मात्रै हो । बाँकि ९० प्रतिशत त मनोविज्ञानले काम गर्छ ।’ अनि मात्रै विरामी सन्चो हुन्छ । (ओशोको ब्याख्या अवचेतन मनको शक्तिमा यो कुरा उल्लेख गरिएको छ ।)

संक्रमित मित्र:  कुरा त गजवै हो, तर जवसम्म आँफुलाई पर्दैन, गफै त हुन जस्तो लाग्छ है सबै ।

म: तिम्रा कुरा पनि सहि हुन, तर अब अरु केही उपाए पनि त छैन, तिम्रो त घरमा कुकुर पनि छ नि, हगी ?

लौ सुन एउटा कुकुरमाथि गरिएको रिसर्च रोचक सत्य कुरा । (रुसी अध्येयता इभान पावलवको अध्ययनमा आधारित छ ।)

एउटा कुकुरको र्‍याल ग्रन्थिमाथि गरिएको अध्ययनले के देखाउँछ भने कुकुरलाई खाना दिंदा कुकुरको र्‍याल मुखमा आउँछ । जब खाना दिइन्थ्यो पहिले घण्टी बजाएर खाना ल्याउने संकेत गरिन्थ्यो । एक दिन पावलवले कुकुरलाई खाना दिनु पूर्व घण्टी बजाउँछन  तर खाना दिंदैनन । त्यति गर्दा मात्रै पनि कुकुरको र्‍याल मुखमा आइसक्छ । त्यसरी खाना दिने घण्टी बजाएको सुनेर एउटा अवस्था अनि खाना देखेर अर्को अवस्थामा कुकुरमा आएको परिवर्तनलाई ‘अन कन्डिस्नल स्टिमुलस’ भनियो । खाना विना घण्टी बजाउँदैमा कुकुरको मुखमा र्‍याल आउनुलाई ‘अन कन्डिस्नल रेस्पोन्स’ मानियो ।

त्यही प्रक्रियालाई गिल्फोर्ड नाम गरेका अनुसन्धानकर्ताले  त्यसरी आउने परिवर्तनमा मुख्य भूमिका प्रेरणा, पुनरावृत्ति र नियन्त्रित वातावरणको प्रभावका रुपमा थप ब्याख्या समेत गरेका छन् ।

यस्को अर्थ हामी हरेक कामलाई मन्त्र जस्तै पटक पटक दोहोर्‍याउँछौं भने त्यो स्वाभाविक प्रक्रिया जस्तो बन्न जान्छ ।

संक्रमित मित्र: हो र भन्या, खै के खै, यस्तो कुराहरु सुन्दा त गजब लाग्यो यार !

म: वास्तवमा  ‘चित्त मन्त्र’ चित्तको प्रक्रिया नै पुर्नयुक्ति हो । जब सम्म कोभिड–१९को विरुद्ध खोप वा उपचारको विधि पत्ता लाग्दैन हामीले यो सत्यलाई पनि स्विाकर्नसक्नु पर्छ  ।

संक्रमित मित्र: ल ल यार, रमाइलो भयो है । फोन गर्ने जतिले ज्वरो आयो कि नाई, के के लक्षण देखियो भन्ने सोधेर हैरान बनाए, आज मज्जा आयो । ल…ल… यसो मिलाएर ‘रिफ्रेस’ बनाउने कुरा सुनाउन कल गर्नु
है ।
म:  लौ त है, फेरी फेरी कुरा गरौंला । नआत्तिएर बस्नु, खानेकुरामा अलि ध्यान दिनु ।

कोभिड–१९ संक्रमित मित्रसँगको यो अन्तरंग सम्वादलाई मैले मानिसको मनोविज्ञान, अभ्यास र विश्वासको कुरा स्पष्ट पार्न मात्रै प्रस्तुत गरेको हुँ । उपचारको औषधी वा भ्याक्सिन नआउँदासम्म ‘चित्त मन्त्र’ लाई पनि आत्मसाथ गरौं भन्ने धारणालाई मेरो समर्थन गर्नु पनि यो संवादको मूल मर्म  हो ।


Nabintech