कोरोना अपडेटः आज ५९४ थपिए, थप चारजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७७, शुक्रबार

काठमाडौ ३०, साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

यतै शुक्रबार थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो।

यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७७ रहेको पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन्।

  • ३० श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech