बाँकेमा ११ र बर्दियामा १२ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७७, शुक्रबार

नेपालगन्ज ३०, साउन ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्को पुष्टि गर्नुभएको छ।

शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ ।

यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।

  • ३० श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech