सुर्खेतमा भदौ एक गतेदेखि निषेधाज्ञा, जिल्ला प्रवेश गर्नेको पीसीआर रिपोर्ट अनिबार्य

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७७, शुक्रबार

सुर्खेत ३०, साउन ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले सुर्खेतमा भदौ एक गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको बैठकले भदौ एक गते बिहान ६ बजे देखि भदौ ५ गते राति १२ बजे सम्मका लागि सुर्खेतमा निषेधाज्ञा लगाएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका क्षेत्रमा कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएपछि यसबाट हुन सक्ने जोखिमलाई कम गर्न निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ । निषेधाज्ञा अवधीमा स्वास्थ, सुरक्षा, बिधुत, दुरसञ्चार, दुध, खानेपानी, फोहोरमैला ब्यबस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, तरकारी पसल भने सञ्चालन गर्न पाइने छ ।

तर बैंक तथा बित्तिय संस्था सहकारी सहित सबै सरकारी नीजि तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रबाह हुने सेवा भने बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला भित्र प्रवेश गर्नेको पीसीआर रिपोर्ट अनिर्वाय गरिएको छ ।

  • ३० श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech