आजको कोरोना अपडेटः ५२५ थपिए, थप चारको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

काठमाडौं २९, साउन ।

नेपालमा विहीबार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र, २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।९ हजार ५ सय ५९ जनामा भएको परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकाी अस्पतालमा मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । धनुषाको मिथिला ७ ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

अछाम रामारोशन गाउँपालिकाका १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा मृत्यु भएको छ । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको थियो ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech