भेरीको रिपोर्टः ३० जना थपिए, बाँकेका २२ जनामा भाइरस पुष्टि

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

नेपालगन्ज २९, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । त्यसमा बाँकेका २२, बर्दियाका पाँच र सुर्खेतका तीनजना छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका १५ र कोहलपुर नगरपालिकाका ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस पुष्टि भएकामध्ये १३ महिला छन् । नेपालगन्जका एकजना स्वास्थ्यकर्मी पनि संक्रमित भएको पुष्टि भएको छ ।

बाँकेमा कोरोना संक्रमितको संख्या अव ६ सय ८५ पुगेको छ । यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बर्दियाका आठजनामा भाइरस संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech