बर्दियामा थप तीन दिन निषेधाज्ञा लम्वियो

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

गुलरिया २९, साउन ।
बर्दिया जिल्लामा निषेधाज्ञा थप तीन दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको बैठकले निषेधाज्ञा तीन दिन थप्दै साउन ३२ गतेसम्म पुर्याएको केन्द्रका संयोजक समेत रहनु भएका बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिने आंशका बढेपछि साउन २५ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

बैठकले भाइरस समुदायस्तरमा फैलिन नदिन जोखिम क्षेत्रमा परीक्षणको दायरा बढाउन प्रदेश पाँच सरकारसँग तत्काल एक हजार भिडिएम किट माग गर्ने निर्णय समेत गरेको छ । मुक्तीनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढ्रैयातालमा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएकाले दुवै बैंकमा कार्यरत सबै कर्मचारीहरुको पीसीआर परीक्षणको रिपोर्ट नआउँदासम्म बैंकलाई सील गर्ने समेत बैठकले गरेको प्रजिल अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

बर्दियामा अहिलेसम्म संक्रमितको संख्या २ सय ६८ पुगेको छ । तीमध्ये २ सय ३२ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech