स्क्रब टाइफसबाट १४ बर्षीया बालिकाको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

बैतडी २९, साउन ।
स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पूजा जोशीको स्क्रब टाइफसबाट मृत्यु भएको हो । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताउनुभयो ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech