बर्दियामा संक्रमितको संख्या २६८ पुग्यो

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

गुलरिया २८, साउन ।
बर्दियामा बुधवार थप तीन जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गुलरिया नगरपालिकाका दुई र बढैयाताल गाउँपालिकाका एकगरी तीन जना संक्रमित थपिएका हुन् ।

भेरी अस्पताल नेपालगन्जमा गरीएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिका वडा नं. ४ का २९ बर्षिय पुरुष र वडा नं.५ का बर्ष २९ कै पुरुषमा भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै बढैयाताल गाउँपालिका–७ का ५३ बर्षका पुरुषमा पनि भाइरस देखिएको छ । योसँगै बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ६८ पुगेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech