नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो, २४ घण्टामा ८ जनाले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौ २८, साउन ।

गत २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ६ जना पुरुष र २ महिलाको मृत्यु भएको हो ।

धनुषाको जनकपुरका एक पुरुष र एक महिला, काठमाडौं– १२ मा महिला, सप्तरी डाक्नेश्वरीका पुरुष, मोरङ बुढीगंगाका पुरुष, कपिलवस्तुको तौलिहवाका पुरुष र बारा कलैयाका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नयाँ थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

 

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech