बाँकेमा आज १० जना थपिए, संख्या पुग्यो ६६७

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

नेपालगन्ज २८, साउन ।
बाँकेमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका चार–चारजना र खजुरा गाउँपालिकाका दुई गरी १० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का तीनजना र वडा नं. १८ का एकजना, खजुरा गाउँपालिका वडा नं.४ र ६ का दुई जना र अरु चारजना कोहलपुरनगरपालिका वडा नं. १ स्थित कौशिलानगरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म चारसय पाँच जना उपचारपछि घर फर्किएका छन् । बाँकेमा कोरोना संक्रमणबाट दुईमहिलासहित तीन जनाको मृत्यु भएको छ ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech