जनकपुरका पूर्वमेयर सहित थप तीजनाको कोरोना संक्रमणबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

काठमाडौं २८, साउन ।
जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उहाँको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको हो।

पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका होटेल रामाका सन्चालक समेत रहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहनुभएको थियो । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका २ गंगा चोकका बासिन्दा भएको बताइएको छ ।

श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा साउन २६ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech