कोरोना अस्पताल बुटवलमा २ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

बुटवल २८, साउन ।

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना हुनुभएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण गरिँदै छ ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech