कोरोेनाबाट थप एकको मृत्यु, संख्या ८४ पुग्यो

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं २८, साउन ।
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको सप्तरीका जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो।

मृतक मुटु, थाइराइड, सुगर र उच्च रक्तचापका पीडित थिए। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ८४ पुगेको छ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech