कोरोना अपडेटः २४ घण्टामा ६३८ थपिए, चारजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७७, मंगलवार

काठमाडौं २७, साउन ।
नेपालमा मंगलवार कोरोना भाइरसका ६३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ५९९, प्रदेश २ मा ३ हजार ३४७, वागमती प्रदेशमा १ हजार ३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्‍चि प्रदेशमा ८९६ सक्रमिय संक्रमितहरु रहेका छन् । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech