बाँकेः निषेधाज्ञा लम्ब्याउने, एरिया सील हटाउने

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७७, मंगलवार

नेपालगन्ज २७, साउन ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि बाँकेमा जारी निषेधाज्ञालाई थप लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले बाँकेमा जारी निषेधाज्ञालाई थप तीन दिन लम्ब्याउँदै साउन ३० गतेसम्म पुर्याएको हो ।

जिल्लामा गएको साउन १७ गतेरातीदेखि सुरु गरिएको निषेधाज्ञा पटकपटक थप गरेर ३० गतेसम्म पुर्याइएको छ । जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा कायमै राख्ने निर्णय भएको केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

यस्तै नेपालगन्जमा तीन दिन अघि जारी गरिएको ‘एरिया सील’ भने हटाइएको छ । शनिवारराती १२ बजे सुर्खेतरोड पूर्वको क्षेत्रलाई चार किल्ला कायम गरी सील गरिएको थियो । भोलीदेखि लागु हुने गरी सील हट्ने प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech