बाँकेमा आज २६ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७७, मंगलवार

नेपालगन्ज २७, साउन ।
बाँकेमा मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो ।

योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँचजना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । विहान ११ बजेसम्मको परीक्षणमा बाँकेका २६ सहित ५६ जनामा भाइरस पुष्टि भएको छ ।

अरु जिल्ला बाहिरका संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech