चार दिनदेखि प्रसूति व्यथा लागेकी महिलाको उद्धार हुन सकेन

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७७, मंगलवार

तस्विरः देश सञ्चार अनलाइनबाट

हुम्ला २७, साउन ।
हिमाली जिल्ला हुम्लामा चार दिनदेखि प्रसूति व्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन । सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि उनको उद्धार हुन नसकेको हो।

ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३ वर्षकी बिपना खड्कालाई चार दिन अघि व्यथा लागेको अवस्थामा मैला स्वास्थ्य चौकीमा बोकेर ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उहाँ प्रशव व्यथाले छटपटिएको स्थानीय धर्मराज जैशीले बताउनुभयो ।वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवा समेत राम्रोसँग सुचारु नभएपछि जिल्लामा खबर गर्न कठिन भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र अप्रेशनका लागि उपकरण नहुँदा केही गर्न नसकिएको स्वास्थ्य चौकीले जनाएको छ।गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल भैरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।पत्र प्राप्त हुना साथ हवाई उद्धारका लागि गृह तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसंग उद्धारका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले बताउनुभयो ।

देश सञ्चारबाट

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech