भेरी अस्पताल नेपालगन्जमा ९० जनाको रिपोर्ट नेगेटिभ

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

नेपालगन्ज १६ बैशाख ।
भेरी अस्पताल नेपालगन्जमा पिसिआर बिधिबाट कोरोना परिक्षण गरेका ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबारसम्म १३९ जनाको नमुना संकलन गरीएकोमा ४९ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।

बाँकेका ६४, बर्दियाका ६३ र दाङका १२ जनाको नमुना संकलन गरीएकोमा बाँकेका ३५, बर्दियाका ४३ र दाङका १२ जनाको रिपोर्ट नेगेटिभ देखिएको भेरी अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालले जानकारी दिनुभयो । बाँकेका २९ र बर्दियाका २० जनाको रिपोर्ट आउन बाँकी रहेको डा.रिसालले बताउनुभयो ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech