मेडिकल कलेज कोहलपुरमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७७, सोमबार

कोहलपुर २६, साउन । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछाम चौरपाटी–५ का ५० बर्षीय ती पुरुष गएको साउन २० गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।

उनी दम, टिवी, निमोनियालगायतको समस्याबाट ग्रसित रहेको मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उपचारका क्रममा आइतवार साँझ साढे सात बजे मृत्यु भएका उनको सोमवार आएको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको होे ।

योसँगै मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा चारजना संक्रमितको मृत्यु भएको छ । ती मध्ये दुईजना बाँकेका र एकजना कैलालीका हुन् ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech