भेरीको पीसीआर ल्याबमा जोडियो अटोमेटिक मेसिन, अव एकैदिनमा रिपोर्ट

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७७, सोमबार

तस्विरः प्रचण्ड गौतम

नेपालगन्ज २६, साउन ।
नेपालगन्जको भेरी अस्पताल प्रयोगशालामा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान भएको छ । यो मेसिन जडानपछि प्रयोगशालामा थोरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने भेरी अस्पतालका कोरोना फोकलपर्सन डा.संकेत रिसाले जानकारी दिनुभयो ।

मेसिन सन्चालनपछि छिटो रिपोर्ट दिन सकिने उहाँको भनाइ छ ।मेसिन जडानपछि घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई अव केही सहज हुने छ उहाँले भन्नुभयो–‘ ¥यालबाट भाइरसको आरएनए मेसिनले नै छु्टाउने भएकाले अव नमुना छिटो परीक्षण हुने छ र रिपोर्ट पनि छिटो आउने छं ।’

तस्विरः प्रचण्ड गौतम

तस्विरः प्रचण्ड गौतम

यो मेसिन जडान भएपछि दैनिक ८ सय देखि एक हजारसम्मको नमुना परीक्षण गर्न सकिने प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिनुभयो । अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ ।

जवकी यही काम गर्न ल्यावका कर्मचारीलाई यसअघि चारपाँच घण्टा लाग्ने गरेको थियो । ‘ईन्जिनियरको टीमले ल्यावमा मेसिन जडान गरेको छ, परीक्षणको काम भोली मंगलवार देखि हुन्छ’ मिश्रले स्वास्थ्य पेजलाई भन्नुभयो ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech