कोरोना अपडेटः ३३८ थपिए, १४० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७७, सोमबार

काठमाडौ. २६, साउन ।
पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४, शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १४० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ४९३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ४३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ५२ हजार २३६ रहेको छ । हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार ६५९ मानिसहरु रहेका छन् ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech