बरिष्ठ लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७७, सोमबार

नेपालगन्ज २६, साउन ।
बरिष्ठ लोक गायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा निर्मोहीलाई भाइरस संक्रमण पुष्टि भएको हो ।

निर्मोहीले आफु कोरोना संक्रमित भएको फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

स्वास्थ्य पेजसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘ हो, मलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ, अव खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा जाँदैछु । मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’ उहाँले सबैलाई सचेत रहन र कोरोना विरुद्ध चेतना जगाउन आव्हान समेत गर्नुभएको छ । दाङको साविक फुलवारी गाविसमा जन्मिएका बरिष्ठ गायक तथा सञ्चारकर्मी निर्मोही हाल नेपालगन्ज उपमहानगरपालिका १० मा बस्दै आउनुभएको छ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech