बाँकेमा कोरोना पुष्टि भएका १२ जना खोई ?

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७७, सोमबार

नेपालगन्ज २६, साउन ।
बाँकेमा कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । उनीहरुलाई खोज्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको छ । पीसीआर परीक्षणका लागि दवाव दिने र रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कविहीन भइदिने गरेका कारण स्थानीय प्रहरी प्रशासन र स्वास्थ्यकर्मीलाई तनाव भएको हो ।

गत २३ गते यता संक्रमण पुष्टि भएकाहरुमध्ये १२ जना सम्पर्कमा नआएको खुलेको छ । कोरोना पुष्टि भएपछि सम्पर्कविहीन भइदिनेहरुमा हाइप्रोफाइलका व्यक्ति छन् । जिल्ला समन्वय समिति बाँकेका एकजना अधिकृत समेत संक्रमण पुष्टि भएपछि मोवाइल अफ गरेर बसेको खुलेको छ ।

संक्रमितहरु आफै सम्पर्कमा आउनु पर्ने हो, उनीहरुको खोजीमा व्यस्त एक स्वास्थ्यकर्मीले आफ्नो सास्ती सुनाउँदै स्वास्थ्य पेजलाई भने–‘पीसीआर परीक्षणका लागि माथिबाट दवाव दिन लगाउने कोरोना पुष्टि भएपछि सम्पर्कमा नआउनेले हैरान बनाइसके ।’ संक्रमितहरुलाई खोज्दै हिड्नु पर्ने अवस्था आएपछि कन्ट्रयाक टे«सिङदेखि सम्पर्क व्यक्तिहरुको नमुना संकलनमा समेत ढिलाइ हुन थालेको छ ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech