बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७७, आईतवार

तस्विरः फाइल

नेपालगन्ज २५, साउन ।
बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका २ की ७० बर्षिया महिलाको कोरोना भाइरसबाट मृत्यु भएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार तीन बजेतिर मृत्यु भएको हो । उनी शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

यसअघि बैजनाथकी महिला र नरैनापुरका पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech