वीरगन्जमा स्थानीयद्धारा अस्पताल र डाक्टरको गाडी तोडफोड

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७७, आईतवार

वीरगञ्ज २५, साउन ।
अस्पतालमा उपचार नपाएर बिरामीको मृत्यु हुन थालेको भन्दै वीरगन्जका स्थानीयले आइतवार नारायणी अस्पतालअघि प्रदर्शन गरेका छन्।प्रदर्शनकारीले अस्पतालमा ढुङ्गामुढासमेत गरेका छन्।

शुक्रबार कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि २० वर्षीया युवतीको मृत्यु भएको थियो। मृतकका आफन्त तथा स्थानीय युवाले डाक्टरको गाडीसमेत तोडफोड गरेका छन्। त्यस्तै अस्पताल पनि तोडफोड भएको छ।

सरकारी अस्पताल नारायणी अहिले बन्द छ। यो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएपछि अस्पतालबन्द गरिएको हो। स्थानीयले सरकारी अस्पताल बन्द हुँदा उपचार नपाएर बिरामी मर्न थालेको भन्दै अस्पताल खोलेर सेवा सुरु गर्न माग गरेका छन्।अहिले सरकारले गण्डक अस्पताल र वीरगन्ज हेल्थकेयरलाई कोरोना अस्पतालका रुपमा सम्झौता गरेको छ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech