बाँकेमा आज ४८ संक्रमित थपिए, संख्या ६१७ पुग्यो

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७७, आईतवार

नेपालगन्ज २५, साउन ।
बाँकेमा आइतवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा दाङका तीनजनामा पनि भाइरस पुष्टि भएको छ ।

संक्रमितमध्ये प्रहरी कर्मचारीको संख्या  धेरै छ । वडा प्रहरी कार्यालय नेपालगन्जका २९ र एक जना बागेश्वरी मन्दिरमा खटिने प्रहरीमा भाइरस पुष्टि भएको हो । बाँकेमा कोरोना संक्रमणको संख्या दैनिकरुपमा थपिदै गएको छ ।

आइतवार थप भएका संक्रमित सहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १७ पुगेको जिल्ला स्वास्थय कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये चार सय दुई जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । भाइरस संक्रमणबाट बाँकेमा दुईजनाको मृत्यु भएको छ ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech