कोरोनाबाट थप एकको मृत्यु, संख्या ७४ पुयो

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७७, आईतवार

तस्विरः फाइल

पोखरा २५, साउन ।

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको शनिबारराति मृत्यु भएको अस्पतालले जानकारी गराएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा गएराती ११ः३५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। संक्रमित मधुमेहको रोगीसमेत रहेको अस्पतालले जानकारी दिएको छ ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech