प्रदेश सांसद कृष्णा केसी नमुनालाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७७, शनिबार

नेपालगन्ज २४, साउन ।
प्रदेश पाँचका सांसद कृष्णा केसी नमुनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना भाइरस संक्रमण भएको उहाँले आफ्नो फेसबुक मार्फत पुष्टि गर्नुभएको हो ।

फेसबुकमा लेख्नुभएको छ–‘विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट म पनि अछुतो रहेन् । पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता यता मेरो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सेल्फ आइसोलेसनमा आइसोलेट भइ पीसीआर परीक्षण गर्न अनुरोध गर्दछु ।’

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । बाँके क्षेत्र नं. १ क बाट निर्वाचित सांसद नमुना कोडिभ १९ रोकथाम तथा नियन्त्रणमा बाँकेमा फ्रन्टलाइनमा खटिएर काम गर्दै आउनुभएको थियो ।

  • २४ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech