कोरोना अपडेटः बाँकेमा २० र बर्दियामा दुईजना थपिए

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७७, शनिबार

नेपालगन्ज २४, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका २० जना छन् भने दुई जना बर्दियाका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना र कोहलपुरका चारजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

कोहलपुर नगरपालिका ११ का तीनजना र वडा नं.५ का एकजना रहेका छन् । पछिल्लो २४ घण्टामा तीनसय नमुना परीक्षण गर्दा २२ जनामा भाइरस पुष्टि भएको हो ।

  • २४ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech