व्यापारी नेता कृष्णप्रसाद श्रेष्ठलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७७, शुक्रबार

नेपालगन्ज २३, साउन ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई भेरी अस्पताल नेपालगन्जमा गरीएको पीसीआर परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संघका पूर्वमहासचिव विष्णु लामिछानेले श्रेष्ठलाई कोरोना भाइरस संक्रमण देखिएको सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ । श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

म अहिले सिटि प्यालेस होटलको आइसोलेसनमा छु, उहाँले भन्नुभयो–‘कुनै लक्षण देखिएको छैन्, स्वास्थ्य अवस्था सामान्य छ ।’ कोरोना संक्रमितको उपचारमा खटिने क्रममा आफुलाई भाइरस संक्रमण भएको उहाँले बताउनुभयो । संक्रमितको उपचार गर्न बनेको उक्त समिति मध्ये उहाँ आवास संयोजक हुनुहुन्छ । सिटि प्यालेस होटललाई शुक्रबारमात्रै आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिएको हो । यहाँ पैसा तिरेर बस्ने व्यवस्था छ । बाँकेमा शुक्रबार संक्रमण पुष्टि भएका अधिकांश उच्च तहका व्यक्तिहरु भएको खुलेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत, व्यापारी, प्राध्यापक, राजनीतिकर्मीलाई पनि कोरोना देखिएको छ । भेरी अस्पताल, नेपालगञ्जले शुक्रबार सार्वजनिक गरेको ५१ जनामा नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३३ जना परेका छन् । कोहलपुरका १३ जना, खजुरा, जानकी र बर्दियाका एक÷एकजना रहेका छन् । दुई जना बाँके मात्रै लेखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका अधिकृतसहित चार जना, व्यापारी अगुवा, महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक, राजनीतिकर्मी रहेका छन् ।

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech