कोहलपुरका दुई महिलासहित चारजना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७७, शुक्रबार

नेपालगन्ज २३, साउन ।
बाँकेमा शुक्रबार चारजना कोरोना संक्रमित निको भएर घर फर्किदै छन् । नेपालगन्जका दुई र कोहलपुरका दुई गरी चारजना उपचारपछि घर फर्किन लागेका हुन् । ती मध्य कोहलपुरका महिला हुन् ।

उनीहरु सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज हुन लागेका हुन् । नेपालगन्जका दुई पुरुष भने आर्दशनगर आइसोलेसनबाट डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा कूल संक्रमित ४ सय ९८ पुग्दा ३ सय ९८ जना भने निको भएर घर फर्किका छन् । अहिले बाँकेका विभिन्न आइसोलेसनमा बाँकेसहित अन्य जिल्लाका गरी एक सय दुईजना छन् ।

  • २३ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech