बासगढीका वडाअध्यक्षलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७७, बिहीबार

बासगढी २२, साउन ।
बर्दिया बासगढी नगरपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडाअध्यक्षसहित विहीबार बर्दियाका १३ जनाालाई भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएकामध्ये दुई जना बासगढीका बैंकका कर्मचारीसमेत रहेको बासगढीका मेयर शालिकराम अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उहाँका अनुसार, संक्रमितहरुमा लक्षण देखिएको छैन् ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना पुरुष, गेरुवा गाउँपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, राजापुुर नगरपालिकाका १ जना महिला, बढैयाताल गाउँपालिकाका १ जनामा समेत कोरोना पुष्टी भएको छ ।

यो सँगै बर्दियामा अहिलेसम्म २ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । बर्दियामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यराति १२ बजेसम्म ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

केन्द्रका संयोजक बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको संयोजकत्वमा बसेको आपत्कालिन बैठकले साउन जिल्लाभर पूर्ण रुपले निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech