बाँकेमा संक्रमितको विवरण लुकाउने कुरा कसरी आयो ?

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७७, बिहीबार

प्रियास्मृति ढकाल- नेपालगन्ज २२, साउन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी दिदै भन्नुभयो–‘बाँकेमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।’ उहाँले १६ जना पुष्टि भएको आफ्नो फेसबुक पेजमा पनि पोष्ट गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ कोभिड–१९ जिल्ला व्यवस्थापन समितिको संयोजक पनि हो । थप भएका १६ संक्रमितहरुको विवरण के रहिछ भनेर स्वास्थ्य पेजले सोध्दा उहाँले भन्नुभयो–‘उनीहरुको अरु विवरण (ठेगाना, कार्यरत संस्था, पद) नखुलाउने भनिएको छ, संख्यामात्र लेख्नुहोस् है ।’

त्यही कुरालाई कोड गरेर स्वास्थ्य पेजले समाचार प्रकाशन गर्यो । तर त्यसको २ घण्टा नवित्दै भेरी अस्पतालले संक्रमितको विवरणमात्र खुलाएन् प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले दिएको संक्रमित संख्या समेत मिलेन् । भेरी अस्पतालले बाँकेमा २८ जना संक्रमित संख्या थपिएको विवरण सार्वजनिक गर्यो । बर्दियाका १३ र कैलालीका १ जना थपिए ।

किन भने सिडिओले संक्रमितको विवरण नदिने ?
केही दिन अघि नेपालगन्जका ६ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । नागरिकको सुरक्षामा फ्रन्टलाईनमा खटिने प्रहरीमै कोरोना भाइरस संक्रमण देखिएपछि नेपालगन्जको वडा कार्यालय र कोहलपुरको इप्रका सील गरिएको छ । वडा कार्यालय नेपालगन्जका ६ जना प्रहरीमा संक्रमण देखिएको हो भने इप्रका कोहलपुरमा थुनुवामा संक्रमण देखिएपछि कार्यालयलाई सील गर्नु परेको हो । चौविसैं घण्टा नागरिकको सेवामा खटिने प्रहरीमा कोरोना भाइरस संक्रमण फैलिएको खवर संचारमाध्यममा आएपछि नेपालगन्जमा प्रहरीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न थाल्यो ।

‘एसपी ओम रानाको भनाइ उध्रृत गर्दै समितिका एक सदस्यले स्वास्थ्य पेजलाई भने–‘एसपीले कोभिड–१९ जिल्ला व्यवस्थापन समितिका संयोजक कुरुम्वाङसहितका केही सदस्यलाई सकेसम्म संक्रमितहरुको संख्यामात्र भनौ तर कार्यरत, संस्था र पद नभनांै भन्नुभएको थियो ।’ यसरी संक्रमित कार्यरत संस्था र पद खुलाउँदा सिंगो संस्था र संगठनलाई नै हेर्ने सामाजिक दृष्टिकोण नकारात्मक बनेको एसपी रानाले संयोजक कुरुम्वाङसहितका सदस्यहरुलाई व्रिफिङ गर्नुभएको थियो ।

एसपी रानाले टोल, छरछिमेकमा डिउटीमा खटिने प्रहरीलाई कतिपय स्थानीयले कोरोना संक्रमित भनेर अपहेलित गर्ने कार्य हुन थालेपछि सकेसम्म कार्यरत संस्था र पद नखुलाउने प्रस्ताव गर्नुभएको थियो । त्यही कारण प्रमुख जिल्ला अधिकारीले संख्या बाहेक अन्य विवरण नखुलाउने भन्नुभएको हो । विवरण नखुलाउँदा त्यसले झन अन्यौलता र त्रास बढाउने भन्दै नागरिक तहबाट भने त्यसको विरोध भएको छ ।

त्यसो भए भेरीले खुलस्त विवरण किन दियो ?
भेरी अस्पताल नेपालगन्जका निमित्त मेसु डा.खगेन्द्र जंग शाहले यसबारे कोभिड–१९ जिल्ला व्यवस्थापन समितिले आफुलाई कुनै जानकारी नदिएको बताउनुभयो । ‘सिडिओ सावले यसबारे केही भन्नुभएको छैन् उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘पहिले जुन तरिकाले संक्रमितको विवरण सार्वजनिक गर्ने गरेका छौं आजपनि त्यसैअनुसार गरिएको हो ।’

अस्पताल र प्रजिअले दिएको संख्या किन मिलेन ?
भेरी अस्पतालल नेपालगन्जले ४८ घण्टामा ५ सय ९० जनाको पीसीआर परीक्षण गर्यो । त्यसमा ४२ जना संक्रमित फेला परे । बाँकेका २८, बर्दियाका १३ र कैललीका १ जना । तर बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले पछिल्लो २४ घण्टाको विवरणमात्र दिनुभयो । जस्का कारण संक्रमित संख्या तलमाथी पर्न गएको हो ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech