बाँकेमा २८ र बर्दियामा १४ संक्रमित, एकजना चिकित्सक पनि

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७७, बिहीबार

साउन २२, नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षण गर्दा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको विवरणमा बाँकेमा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, कोभिड १९ व्यवस्थापन समितिले संख्यामात्र खुलाउने र अन्य विवरण नखुलाउने निर्णय समेत भएको जानकारी गराउनुभएको थियो ।

भेरीले ४८ घण्टाको नतिजा सार्वजनिक गर्दा १२ महिलासहित बाँकेका २८ जनामा भाइरस संक्रमण देखिएको हो ।  अस्पतालले दिएको जानकारी अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एकजना चिकित्सकमा समेत भाइरस संक्रमण पुष्टि भएको छ ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech