बाँकेमा थप १६ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७७, बिहीबार

साउन २२, नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ४ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

संक्रमित पुष्टि भएकाहरुको विवरण भने खुलाइएको छैन् । विवरण खुलाउँदा त्यसले समाजमा अर्को त्रासको सिर्जना गर्ने भएकाले संक्रमितहरुको विवरण नखुलाउने निर्णय भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ कुरुम्वाङले बताउनुभयो । पछिल्लो पटक प्रहरीमा संक्रमण पुष्टि भएका विवरण सञ्चारमाध्यमहरुमा आएपछि प्रहरीदेखि समाज नै त्रसित हुने अवस्था आएको अधिकारीहरुले बताएका छन् । बाँकेमा पछिल्लो समय प्रहरी, कर्मचारीलगायतमा संक्रमण देखिन थालेको छ ।

उनीहरुको सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गर्दा १६ जनामा भाइरस संक्रमण देखिएको प्रजिअ कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । संक्रमित संख्याबाहेक अन्य विवरण सकेसम्म नखुलाउने निर्णय भएको छ, प्रजिअ कुरुम्वाङले भन्नुभयो–‘पछिल्लो पटक भेरीमा गरीएको परीक्षणमा अहिलेसम्म १६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।’

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech