भेरीको पीसीआर ल्याबमा जोडिँदै अटोमेटिक मेसिन, दैनिक एक हजारसम्म स्वाब परीक्षण हुने

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७७, बिहीबार

भेरी अस्पतालको प्रयोगशाला । तस्विरः प्रचण्ड गौतम

नेपालगन्ज २२, साउन ।

नेपालगन्जको भेरी अस्पताल प्रयोगशालामा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान हुने भएको छ । यो मेसिन जडानपछि प्रयोगशालामा थोरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने भेरी अस्पतालका निमित्त मेसु डा. खगेन्द्र जंग शाहले जानकारी दिनुभयो । मेसिन सन्चालनपछि छिटो रिपोर्ट दिन सकिने डा.शाहको भनाइ छ ।

सेती अस्पतालमा मेसिन जडान गरेपछि इन्जिनियरको टोली भेरीमा आउने छ उहाँले भन्नुभयो, ‘ घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई अव केही सहज पनि हुने छ र हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सक्ने छौं ।’ यो मेसिन जडान भएपछि दैनिक ८ सय देखि एक हजारसम्मको नमुना परीक्षण गर्न सकिने प्रयोगशाला प्रमुख डा. प्रशन्न मिश्रले जानकारी दिनुभयो । अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ ।

प्रयोगशाला प्रमुख डा.मिश्रका अनुसार संकलित स्वाब नमुनालाई परीक्षणका लागि ४ वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेको आरएनए हुन्छ । सबैभन्दा पहिले र्‍यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ । ‘पहिले आरएनए एक्सट्रयाक्सन गर्न ४-५ घण्टा लाग्थ्यो, भने अटोमेटिक मेसिन जडान भएपछि एक घण्टामा  ९६ वटा आरएनए एक्सट्रयाक्सन हुने उहाँको भनाइ छ ।

पिसिआर गर्न दुई घण्टाबढी समय लाग्ने उहाँको भनाइ छ । भेरी अस्पतालमा एउटा मात्र पिसिआर मेसिन छ । उक्त मेसिनमा एकपटकमा ७२ वटा स्वावको परीक्षण हुने गर्छ । योगशालामा अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरेसँगै अर्को पिसिआर मेसिनको समेत आवश्यकता पर्ने उहाँको भनाइ छ ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech