प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७७, बिहीबार

जनकपुर २२, साउन ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले बताउनुभयो ।

गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उहाँको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गर्नुभएको छ । उहाँ अहिले मन्त्रालयको निवासममै आइसोलेशनमा बस्नुभएको छ ।

प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको मृृत्यु समेत भइसकेको छ ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech