कोरोना संक्रमणबाट नेपालमा थप तीनको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

काठमाडौं २१, साउन ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङमा २ र काठमाडौंमा १ जनागरी तीनजनाको मृत्यु भएको हो । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ बर्षकै पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो ।

यस्तै काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech