नेपालमा कोरोनाबाट थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

तस्विरः फाइल

वीरगन्ज २१, साउन ।

नेपालमा कोरोरा भाइरसबाट बुधबार थप एकजनाको मृत्यु  भएको छ ।  वीरगन्ज  महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो ।

उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएका थिए । साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो आएपछि हिजो मंगलबार नै अस्पतालमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ज्यान गएको हो।

वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि त्यहाँ कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो।

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech