वीरगन्ज २१, साउन ।
नेपालमा कोरोरा भाइरसबाट बुधबार थप एकजनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो ।
उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएका थिए । साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
ज्वरो आएपछि हिजो मंगलबार नै अस्पतालमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ज्यान गएको हो।
वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि त्यहाँ कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो।