प्रदेश पाँचको पाल्पा बन्यो कोरोना मुक्त जिल्ला

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

 

पाल्पा २१, साउन ।
पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ। रम्भा गाँउपालिकाका चारजना कोरोना संक्रमितहरू लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टरबाट डिस्चार्ज भएसँगै प्रदेश ५ को पहाडी जिल्ला पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला बनेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनभयो ।

जिल्लामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएका मध्ये ५ सय ६० जना निको भएर घर फर्किसकेका छन्। संक्रमित पूर्वखोला गाउँपालिकाका एक जनाको भने मृत्यु भइसकेको छ।

जिल्लामा हालसम्म ३ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये ५ सय १५ जना पुरुष र ४६ जना महिला थिए।

 

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech