पर्सामा १८ बर्षिया युवतीको कोरोनाबाट मृत्यु, मृतक संख्या पुग्यो ५९

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

वीरगन्ज २१, साउन ।
नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । पर्साको पोखरिया नगरपालिका ९ बर्वा टोलस्थित मामाघरमा बस्दै आएकी ती युवतीको मृत्युपछि भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

गत सोमबार राति घरमै रहेको बेला पटकपटक वान्ता गर्न थालेपति ती युवतीलाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमा नै मृत्युु भएको थियोे ।

अस्पताल पुगेपछि मृत युवतीको स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको थियो।

मंगलबार राति ती युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्थायी कोरोना अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट पर्सामा मात्रै १३ जनाको मृत्यु भएको छ ।

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech